आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश वितरण गर्ने घोषणा

By खबरहब

February 10, 2023

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले लगानीकर्ताहरुका लागि ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ८.५३४ प्रतिशत अर्थात २५ करोड ६९ लाख २२ हजार ४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर तिर्न ०.४४९ प्रतिशतले हुनआउने रकम १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद दिने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको लाभांशलाई राष्ट्र बैंकले स्विकृती दिएर आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ ।