सांकेतिक तस्वीर ।

समाचार

हत्या आरोपमा काठमाडौंबाट एक जना पक्राउ

By खबरहब

February 10, 2023

काठमाडौँ- काठमाडौंको टोखा नगरपालिका–३ बस्ने पर्सा वीरगञ्ज महानगरपालिका–१५ घर भएका ५७ वर्षीय ध्रुवबहादुर खड्काको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा मोरङ सुन्दरहरैचा नगरपालिका–७ घर भएका ३२ वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–९ रुद्रनगर शान्तीमार्गस्थित सडकमा मंगलबार बिहान ध्रुव बहादुर मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा रामबहादुरले हत्या गरेको खुल्न आएपछि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरबाट पक्राउ गरेको हो ।

उनले खड्कालाई कुटपिट गरी हत्या गर्नुको साथै मृतकको साथमा रहेको मोबाइल तथा धनमाल लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै थापाको साथबाट लुटपाट गरिएको धनमालमध्ये मृतकको फोटो, सिम कार्ड लगायतका कागजात र झोला काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित बासको झाडीमा फेला पारी प्रहरीले बरामद गरेको छ ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी ज्यान सम्बन्धी कसूरमा प्रहरीबाट थप अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।