राजनीति

बङ्गलादेशी राजदूत चौधरीद्वारा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट

By खबरहब

February 10, 2023

काठमाडौँ- नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा दुई देशबीच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा छलफल भएको थियो ।