राजनीति

एकता गर्ने विषयमा चार कम्युनिष्ट पार्टीको छलफल सुरु

By खबरहब

February 10, 2023

काठमाडौँ- विभिन्न चार कम्युनिष्ट पार्टीले पार्टी एकता गर्ने विषयमा छलफल थालेका छन् ।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहूती नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले पार्टी एकताका लागि छलफल थालेको जानकारी दिएका छन् ।

उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकताका लागि छलफल आरम्भ गरेको जानकारी दिएका हुन् ।

पार्टी एकताका लागि छलफल गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने भन्दै उनीहरुले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी १५ फागुनमा बैठक बस्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।