देश/प्रदेश

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, एक जना संक्रमणमुक्त

By खबरहब

February 10, 2023

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर तीन जना कोरोनाका संक्रमित थपिएका छन् ।

एक हजार ८५ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एक जना संक्रमणमुक्त भएका छन् ।

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।