आर्थिक

दुई वर्षभित्र बाख्रा व्यवसाय डुब्ने खतरा छ : विश्लेषक सुवेदी

By खबरहब

February 10, 2023

काठमाडौँ : विश्लेषक अरुणकुमार सुवेदीले बंगुरपालन र कुखुरा व्यवसायमा संकट आउँदा दुई वर्षभित्र बाख्रापालन व्यवसाय डुब्ने खतरा बढेको बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विश्लेषक सुवेदीेले पछिल्लो तीन वर्षभित्र बंगुरपालन र कुखुरापालन व्यवसाय विस्थापित हुने अवस्थामा पुगिसकेको बताए ।

अब दुई वर्षभित्र बाख्रापालन व्यवसाय डुब्ने खतरा बढिरहेको विभिन्न बजार तथ्य तथा अनुसन्धानले देखाएको उनले टिप्पणी गरेका छन् ।

नेपालमा बढ्दै गएका आन्तरिक व्यवसाय डुब्दै जाँदा नेपाल झन् आर्थिक संकट बढ्ने सम्भावना रहेको पनि सुवेदीले बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपरराष्ट्र सल्लाहकारसमेत रहेका विश्लेषक सुवेदीले आगामी दिनमा दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका, पाकिस्तानपछि नेपालको अर्थतन्त्रले घुँडा टेक्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

अर्थतन्त्र सुधारका लागि आगामी दिनमा निर्यात प्रवर्द्धन नभई आयात प्रतिस्थापन मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने सुवेदीको सुझाव छ । व्यापार घाटा र वैदेशिक ऋण चुनौतिपूर्ण अवस्थामा रहेकाले यसतर्फ पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ ।