राजनीति

नवनिर्वाचित राष्ट्रियसभा सदस्य दशौंदीले लिए शपथ

By खबरहब

February 10, 2023

काठमाडौँ- नवनिर्वाचित राष्ट्रियसभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद दशौंदीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नेकपा एमालेका सांसद दशौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनबाट निर्वाचित भएका थिए । गण्डकी प्रदेशबाट प्रतिनित्वि गर्ने सांसद खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त स्थानमा दशौंदी आएका हुन् ।