आर्थिक

‘अनौपचारिक अर्थतन्त्रलाई बेवास्ता गर्नु हुँदैन’

By खबरहब

February 10, 2023

काठमाडौँ : अर्थविद् डा.जगदिश पोखरेलले भारतसँगको अनौपचारिक अर्थतन्त्रलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताएका छन् । भारतसँगको अर्थतन्त्रले नेपालको ६० प्रतिशत व्यापार व्यवसाय समेटेको भन्दै यसलाई हलुका रुपमा लिन नहुने उनको भनाई छ ।

खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थविद् डा.जगदिश पोखरेलले अर्थतन्त्र सुधारका लागि सरकार र सरोकारवालाबीच गम्भीर छलफल आवश्यक भएको पनि टिप्पणी गरे । यसअघि आएका आर्थिक संकटले धेरै पाठ दिइसकेको भन्दै उनले अब आउन सक्ने संकट सामान्य नहुने चेतावनी पनि दिए ।

अहिलेको अर्थतन्त्र सुधारका लागि औपचारिक र अनौपचारिक अर्थतन्त्रलाई समीक्षा गरेर स्पष्ट योजनाअनुसार कार्यान्वयनमा जानुपर्ने डा.पोखरेलको धारणा छ ।