सांकेतिक तस्बिर

अपराध

नक्कली कागजात बनाई कीर्ते गरेको अभियोगमा एक जना पक्राउ

By खबरहब

February 10, 2023

काठमाडौँ- शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम म्याङलुङ नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाल छन् ।

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत् सरकारी जागिरको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू फेला पारेको हो ।

उनीउपर लिखतसम्बन्धी कसुरमाथि थप अनुसन्धान भइरहेको छ ।