खेलकुद

साफ महिला यू–२० फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फिर्ता

By खबरहब

February 10, 2023

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली विमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार दिउँसो स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा सहभागी हुन नेपाली टोली १८ माघमा बंगलादेश प्रस्थान गरेको थियो ।

नेपाल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमाल स्टेडियममा बिहिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।