फाइल फोटो

राजनीति

सभामुख घिमिरे आज बहराइन जाने

By खबरहब

March 10, 2023

काठमाडौं – सभामुख देवराज घिमिरेले आज बहराइन जाने भएका छन्। आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन्। सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हुन लागेको हो।

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। उनका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।

सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का राष्ट्रिय सभा सदस्य इन्दु खकडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधि सभाका सचिव गोपाल योगी सहभागी हुनेछन्।