राजनीति

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै

By खबरहब

March 10, 2023

काठमाडौं – स्वतन्त्र विद्याथी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ।

गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो।

भोलि अर्थात् फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ।