अन्तर्राष्ट्रिय

पूर्वमा मोडिएको रुसी ध्यान

By मनोज घिमिरे

March 10, 2023

रुसी सेना फेरि युक्रेनविरुद्ध आक्रामक भएको छ। नयाँ मिसाइल आक्रमणसँगै ९ जनाको ज्यान गएको छ। पछिल्लो समय किभ, खार्किभ, लिभ र ओडिसामा मिसाइल आक्रमण भएको हो। झाम्पोझरियाको ऊर्जा केन्द्रमा आक्रमण भएपछि युक्रेन थप संकटतर्फ मोडिएको छ। अस्पताल, प्रसूति गृह, वृद्धाश्रम र विद्यालयमा समेत आक्रमण गर्न बाँकी नराखेको रुसी सेनाको मानवता विरोधी कदम अझ बढ्ने सङ्केत देखिएको छ।

झाम्पोझरियाको ऊर्जा केन्द्रका गरेको आक्रमणका कारण अस्पतालको समस्या त थपिने होइन भन्ने चिन्ता थपिएको छ। यी क्षेत्रमा ऊर्जा संकट भएमा उपचारमा कठिन हुने आशङ्का गरिएको छ।

रुसले एक महिनामा युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेको जनाइएको छ। पछिल्लो साता कुनै ऊर्जा केन्द्रलाई लक्षित नै गरिएको छ। रुसको यो नीति केही महिनाको अन्तरालमा अक्टोबरपछि फेरिएको हो। तर, रुसको यो आक्रमणका केही नीति भने हेर्न र निगरानीका लागि आवश्यक छन्। यो आक्रमणपछि पश्चिमा देशले रुसी सेनाको उपलब्धता र यसको काम गर्न सक्ने शैलीको बारे जानकारी राख्न आवश्यक छ। यसलाई हेरेर युक्रेनले पनि मिसाइल ड्रोनको तयारी गर्नु पर्ने बाध्यात्मक अवस्था आएको छ।

अस्पताल, प्रसूति गृह, वृद्धाश्रम र विद्यालयमा समेत आक्रमण गर्न बाँकी नराखेको रुसी सेनाको मानवता विरोधी कदम अझ बढ्ने सङ्केत देखिएको छ।

पछिल्लो तथ्याङ्कका अनुसार अहिले प्रयोग भइरहेका ७० प्रतिशत हतियार धेरै काम नलाग्ने भएका छन्। युक्रेनी सेनाका कमान्डर इन चिफ भालेरी जालाउझेनी रुसी आक्रमणको प्रत्याक्रमणकै लागि थप ८ वटा मिसाइललाई तयार पारिएको छ।

के एच–२२ जस्ता लामो दूरीमा प्रयोग गर्न सक्ने र माथिल्लो स्थानबाट प्रहार गर्न सक्ने हतियारको खोजी उनीहरूका लागि कठिन हो। एस–३०० जमिनमा प्रहार गर्नका लागि तयार पारिएको होइन। तथापि पछिल्लो तीन महिना यी नै मिसाइल प्रहार गरिएको हो।

सैन्य विद्हरूले पछिल्लो समयको तथ्यांक तथा रुसले गरेको प्रहार तथा उपयोग गरेको हतियारको आधारमा अबको समयको कारे जानकारी लिन थालेका छन्। सैन्य विज्ञकै अनुसार गत ६ महिना रुसको योजना सफल भएनन्। यो अवधारणा पछिल्लो आक्रमणलाई छाडेर बनाइएको हो।

ऊर्जा उत्पादनको क्षेत्रमा भएको आक्रमणका कारण युक्रेनले क्षति नसहेको होइन। प्रशस्त क्षति सहे पनि यो रुसले बनाएको नीति र योजना अनुसार भने थिएन। ६ महिना युक्रेन नटिक्ने र रुसको अघि घुँडा टेक्ने अनुमान पनि धेरैको थियो। रुस त योजनामा प्रस्ट थियो नै। हालसम्म युक्रेन लगातार भिडी रहेको मात्र छैन, यसै ६ महिनाको अवधिमै खार्किभ र डोन्सटेक लगायत केही स्थानमा गुमेको भूभाग पनि फिर्ता लियो।

ट्रान्सफर्मर र स्विच लगायत भौतिक संरचनामा क्षति पुगे पनि युक्रेनका इन्जीनीयरले देश भरी आपूर्ति गर्ने र ऊर्जा प्रवाह गर्ने कुरामा आफूलाई सफल राखे। अहिले किभ र नयाँ केही स्थानमा रुसी रणनीति फर्किएको छ। धेरै स्थानमा सडकका बत्ती निभेका छन्। पैदल यात्रीहरू मोबाइलको बत्ती बालेर हिँड्ने गरेका छन्। तर समस्या अनिश्चित छ। यो क्रम कहिलेसम्म रहने भन्नेमा अधिकारी नै निश्चित छैनन्। यो कहिलेसम्म भने छैन।

केही दिनयता बखमुुटमा ठूलो भिडन्त भएको छ। खेर्सनको अग्र मोर्चा तयारी अवस्थामा छ। किभ, ओडसा र खार्कीभको क्षेत्रमा भएको आक्रमणले नै धेरैलाई चिन्तित पनि तुल्याएको हो। युक्रेनले जनाए अनुसार यो साता ८१ मिसाइल प्रयोग भएका छन्। लवीवमा पाँच जनाको ज्यान गएको छ। डिनिप्रो, खेर्सन र झुटो मयारमा अन्य धेरैको ज्यान गएको जनाइएको छ।

६ महिना युक्रेन नटिक्ने र रुसको अघि घुँडा टेक्ने अनुमान पनि धेरैको थियो। हालसम्म युक्रेन लगातार भिडी रहेको मात्र छैन, यसै ६ महिनाको अवधिमै खार्किभ र डोन्सटेक लगायत केही स्थानमा गुमेको भूभाग पनि फिर्ता लियो।

झाम्पोझारियाको आक्रमण भने अलि पृथक् छ गत वर्ष रुसले आक्रमण गरे यता त्यसरी ऊर्जा केन्द्रमा आक्रमण भएको यो छैटौँ पटक हो। उनीहरूले डिजेल प्रभाव हुने स्थानमै आक्रमणको प्रयास गरेका छन्। यसले १० घण्टासम्म विद्युत् सिञ्चित गर्ने क्षमता राख्छ।

राष्ट्र सङ्घको आणविक वाचडग आइएइएले केन्द्रको प्रारम्भिक सुरक्षाका लागि यो चेतावनी भएको जनाएको छ। सो निकायका रोसल ग्रोसीले त एक दिन आफूहरूको भाग्यले काम नगर्ने चेतावनी नै दिएका छन्। पछिल्लो समय युक्रेनी सेनाले बखमुटलाई आफ्नो पकडबाट बाहिर जान दिएका छैनन्। रुसका नियमित सेना तथा वाग्नर समूह अर्को पक्षमा बसेर नियमित युद्ध लडी रहेका छन्। वान्गर समूहका प्रमुख येभगेनी प्रिगीझेनले आफ्नो सेनाले पूर्वी बखमुट कब्जा गरिसकेको दाबी गरेका छन्।

इन्स्टिच्युट फर द सोसाइटी अफ वार (आईएसडब्लु)ले निश्चित केही देखिन सक्ने प्रमाणपछि मात्र यी कुरलाई स्वीकार गर्नु पर्ने जनाएको छ। आइएसडब्लुले बखमुटको युद्धलाई महत्त्वका साथ हेर्नुका कारण अर्को पनि छ। त्यहाँको अवस्था हेर्दा रुसी सेनाले त्यस स्थानलाई कब्जामा लिएमा फेरि फिर्ता हुने सम्भावना कम छ।

यस युद्धबाट नजिकबाट हेरिरहेको बेलायतले पनि डिसेम्बरमा नै आफ्नो धारणा सार्वजनिक गरिसकेको छ। बेलायतका अनुसार यसरी बखमुटमा कब्जा गर्ने कुरामा उनीहरू सफल भएमा यसले क्रामाटोक्स र स्लोभानीयस्कमा प्रवेश गर्ने बाटो खेला गर्ने छ।

पश्चिमा अधिकारीको अनुमान अनुसार बखमुटको लडाइँमा मात्र हालसम्म २० हजार देखि ३० हजार रुसी सेनाले ज्यान गुमाइसकेका छन्। अबका स्प्रिङ ऋतुमा युक्रेनको धेरै भागमा लडाइँ भइरहने धेरैको अनुमान छ। यसको सुरुवात नै बखमुट हो। अमेरिकी जल सेनका माइकल कोफम्यान रुसी सेनाको कमजोरी पत्ता लगाउन युक्रेनको आवश्यकता भएको जनाउँछन्।

युक्रेनी दक्षिणी भागको अवस्था भने फरक छ। खेर्सनमा हवाई आक्रमण जारी छ। पूर्वको डिनीप्रो नदीबाट नोभेम्बरमै फिर्ता भएको रुसी सेना अहिले त्यहाँ केन्द्रित भएको छ। त्यहाँ पनि अमेरिकाबाट सहयोग पाएको आधुनिक हतियारबाट युक्रेनले लगातार आक्रमण गरेको छ। यसले युक्रेनी सेनालाई अस्थिर बनाएको छ। बुधवार मात्र युक्रेनले खर्सेनमा रहेको युक्रेनी डिपोटमा आक्रमण गरेको थियो। यी सबै क्षेत्रमा रुसी आक्रमणले पछिल्लो समय कम नगरे पनि विज्ञले केही समय यसमा परिवर्तन नहुने जनाएका छन्।

पश्चिमा अधिकारीको अनुमान अनुसार बखमुटको लडाइँमा मात्र हालसम्म २० हजार देखि ३० हजार रुसी सेनाले ज्यान गुमाइसकेका छन्।

२०२२ को २४ फेब्रुअरीका दिन आक्रमण सुरु भएको थियो। रुसको भू–सेनाले केही दिनमै युक्रेनको धेरै स्थान कब्जा गरेको थियो। किभमा प्रवेश गरेको रुसी सेनाले सुमीको धेरै स्थान कब्जा गरेको थियो। खार्किभमा बम बारी गरेको रुसी सेनाले खार्किभ र मारिओपुलको क्षेत्रको धेरै भू–भाग लिएको थियो।

यस लगत्तै खाद्य समस्या, लगायत यावत समस्याले युक्रेनी सेना समस्यामा परेको थियो। त्यसपछि युक्रेनी सेनाले पश्चिमा देशबाट हतियार पाएको हतियारको प्रयोग गर्न थालेको हो। यी हतियारमा एनल एन्टी ट्याङ्क सिस्टम थियो। जसले रुसको विरुद्धमा धेरै नै काम गरेको थियो।

पश्चिमा देशबाट प्राप्त हतियारको उपयोगपछि नै हरेक विषयले नाटकीय रूप लिएको हो। रुसी सेनाको किभ प्रवेश गर्ने अभियान मात्र तुहिएन पूर्वी क्षेत्रमा कब्जामा लिएका धेरै स्थान छाडेको हिँडेको थियो। युक्रेनले खार्कीभ फिर्ता लिएर पहिलो सफलता पाएको थियो भने खेर्सनबाट पछाडि धकेलेको थियो। एक वर्षपछि पूर्वमा ध्यान दिएको रुसलाई रोक्न पनि सायद युक्रेन सफल हुनेछ। स्रोत : बीबीसी, सीएनएन