अन्तर्वार्ता

यी नेताबाट परिवर्तन सम्भव देखिन

By खबरहब

March 10, 2023

बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। यो दरपिठ गरिएको रिटलाई पूर्ण रिट निवेदन दिनको लागि सर्वोच्चले आदेश दिएपछि रिट निवेदन अगाडि बढेको छ। राष्ट्रपति निर्वाचनको सम्मुखमा यो पेसी तोकिरहँदा यसले ठूलो हलचल पैदा गरेको छ। राष्ट्रपतिको निर्वाचनको समयमा आएको यो रिटविरुद्ध पूर्व माओवादी एकजुट भएका छन्। द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्नु भनेको तथा आदेश दिनु भनेको द्वन्द्व बल्झाउने काम भएको ठहर माओवादी घटकले गरेका छन्। २०७६ माघ १ गते टुँडिखेलमा प्रचण्डले सशस्त्र युद्धमा परेका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए। थप १२ हजार राज्य पक्षले मारेको उनको भनाइ थियो। प्रचण्डको त्यही अभिव्यक्तिलाई आधार बनाएर रिट दर्ता भएको हो। सर्वोच्चमा रिट दर्ता भएपछि यसका विभिन्न पक्षमा छलफल भइराखेको छ। नौ दलको विज्ञप्ति आइसकेको छ। सम्पूर्ण पूर्वमाओवादीले यसको विरोध गरेका छन्। यो के को संकेत हो ? यसले राजनीतिक रूपमा कस्तो सन्देश दिन खोजेको छ ? यस विषयमा आधारित रहेर वरिष्ठ पत्रकार प्राध्यापक पी खरेलसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

द्वन्द्वको विषय उठाएर माओवादीमाथि षड्यन्त्र भयो भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले भन्नुभएको छ। यो विषय किन, कसरी र कस्तो सन्देश लिएर आएको हो ? पूर्व माओवादीहरू सबै अतालिएको मानसिकताकाबाट पीडित छन्। हामी पत्रकारले हेर्दा उनी आरोपी हुन। माओवादी र नेकपा (एमाले)को एकीकरण हुँदा रातारात गए र दुई दिन बित्न नपाई छोडेर सुझाव दिएको थियो। कम्युनिस्ट शब्द दलबाट हटाउन आदेश दिएको थियो। अहिले फेरि एकीकरण तर्फ पनि लागेका छन्। पाँच हजार मारेको भनिए पनि नभनिए पनि उनी आरोपी त हुन। राज्यले नै आतंककारी भनेर घोषणा पनि गरेको हो। ठूला दलहरू र नेपालको राजनीतिक अपराधीकरण तर्फ लागेको भनेर भनिन्छ। त्यो समयमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको गृहमन्त्रीले एउटा झोलामा टाउको ल्याउनुस् र अर्को झोलाबाट पैसा लानुस् त भनेको नै हो।

यो घटनामा बाह्यि शक्तिको सहयोग, उक्साहट तथा समर्थन रहेको छ ? विश्व राजनीतिले कोल्टे फेर्दै छ। हाम्राविरुद्ध पनि पाप धुरीबाट कराउला भनेर भारत पनि तर्सिने अवस्था रहेको छ। हिजोको जस्तो घुर्काएर हुने केही पनि होइन। आफू अगाडि आई परेका समस्यालाई सामना गर्न सक्ने क्षमता नेपालीले राख्न सक्नुपर्छ। अहिले डरलाग्दो के आयो भने शक्तिमा रहन सत्तामा आफ्नो साझेदारी गर्न कांग्रेसलाई लाग्यो। नौ दलको विज्ञप्तिमा सबै नै रहेका छन्। त्यस कारण त निर्लज्ज भनेको हो। कस्तो हो कस्तो नेपालको राजनीति नै बुझ्न नसक्नुको छ। कडा शब्द कसरी भन्ने ? यो पनि महत्वपूर्ण सवाल रहेको छ। सर्वोच्च अदालतले पनि के ध्यान दिनुपर्छ भने आम नेपालीको विशेषता खस्केको छ। न्याय कुन किसिमले दिन्छन्। व्याख्या कुन किसिमले दिन्छ हेर्दै जानुपर्छ।

राष्ट्रपतिको निर्वाचनको समयमा यो प्रकारको विषय उठान हुनु। यही समयमा सर्वोच्च अदालतबाट नै आदेश आउनुका पछाडि कारण के हुन सक्छ ? हामीले अनुमानको भरमा मात्र कुरा गर्ने हो। योग्यता तथा योग्य केही पनि नदेखिएको छ। खाली अक्षरलाई मात्र हेरिँदैन। साधारण कुराको त धेरै रूपमा विकृति फैलिए झैँ फैलिएको हुन्छ। मान्छेले शंका उपशंका किन गरेको हो भने न्यायालयमा जिल्ला तहदेखि दलसँग निकट रहेका व्यक्तिहरूले पनि प्रवेश पाए। यो गुनासो पहिलेदेखि नै आएको छ। त्यसको व्याख्या गरेका छन्। सर्वोच्चले आफ्नो निर्णय दिँदा त हामीले आशा गरौँ उसले कानुनी हिसाबले हेरेर गरोस्। हाम्रो मनमा खुलदुली लाग्यो भनेर अनुमानको आधारमा निर्णय गर्न हुँदैन। हत्या गरेको आरोप प्रचण्डमाथि लागेको हो। तर अहिले आएर फलानो न्यायाधीश फलाना दलको भन्नु हुँदैन। आगामी दिनमा प्रचण्डमाथि कस्तो निर्णय हुन्छ भनेर फोटो राख्नु पर्दछ।

अहिले एउटा गठबन्धन तोडेर अर्कोसँग गठबन्धन गर्नु परेको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समय पारेर यो विषय किन ल्याइयो त ? अहिले यो शंका हुनसक्छ। मैले पहिलेदेखि नै भनेको हो। विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आफ्नो समय लम्ब्याउने प्रत्यत्नमा छन्। कसरी हुन्छ भन्दा एउटा नयाँ राजनीतिक वातावरण त हुनुपर्छ। यस्तो सबैले गर्छन्। देउवाले पनि गरेका थिए। तर अब त्यो सफल भएन।

सर्वोच्चमा जुन खालको आदेश आउने वातावरण आयो वा प्रचण्ड माथिको यो खेल ओलीले खेलेका हुन् ? दरपिठ त्यसै भएको छैन। आरोपित हत्यारा भन्नुपर्छ। सर्वोच्चले निर्णय जता गरे पनि अबको दिनमा त्यो दिनमा यस्तो निर्णय भयो भनेर फोटो राख्नु पर्दछ। सर्वोच्चमाथि प्रश्न तेर्साउनु जायज छैन।

राजनीतिक तरलता एकातिर छ। अर्कोतर्फ यो परिवेश आएको छ। के सरकार स्थिर हुन नदिने चलखेल हो ? राजनीतिक दलबीचमा रहेको द्वन्द्व नै यसमा झल्केको हो। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) नै हो। एमाले र अरू प्रतिपक्ष दलको प्रयास होला जस्तो मलाई लाग्छ।

सर्वोच्चमा बहालवाला प्रधानमन्त्रीको विषयमा परेको रिटमा शक्ति राष्ट्रको चलखेल पनि जोडिन सक्छ ? शक्ति राष्ट्रको चलखेलको परिणाम हो। बाह्य शक्तिको प्रभाव विभिन्न दलमा छन्। यसलाई बाह्य शक्तिको बार्गेनिङका रूपमा पनि लिन सकिन्छ। राजा ज्ञानेन्द्रको पहुँचबाट सर्वोच्चमा प्रभाव पार्ला जस्तो लाग्दैन। तर सम्पूर्ण माहौल र बाह्य शक्तिको हात होला जस्तो लाग्छ।

अहिलेको परिवेशले आगामी राजनीति राम्रोसँग अगाडि जाँदैन ? जाँदैन, यो परिवेश नआएको भए पनि जाँदैन थियो। अबको सरकार पनि सफल हुँदैन। पहिला यिनीहरुले गलत कुरो गर्थे। यिनीहरूले विधिको शासन र भ्रष्टाचार नियन्त्रणमा जोड दिन्छौ भने पनि नेपालीको आधारभूत समस्या र आवश्यकता पूर्ति गर्न तर्फ लागेनन्। गणतन्त्र, निर्दलीय व्यवस्था वा जे जे आए पनि जनताको जीवन फेरिएन। यी नेताबाट परिवर्तन सम्भव देखिएको छैन। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : पुष्पाञ्जली बस्नेत