फाइल फोटो

ब्रेकिङ स्टोरी

माओवादी घटकको निष्कर्ष -‘सर्वोच्चले द्वन्द्वकालीन मुद्दा हेरे शान्ति प्रक्रिया भंग हुन्छ’

By खबरहब

March 10, 2023

काठमाडौँ – माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनु पर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट निरूपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेको छ ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत् अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ ।

सर्वोच्चले द्वन्द्वकालीन मुद्दालाई नियमित प्रक्रियाबाट हेरे पछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो ।