सांकेतिक तस्बिर

समाचार

काठमाडौँको घण्टाघरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

March 10, 2023

काठमाडौँ – काठमाडौँको घण्टाघरमा पैदल यात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडौँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा आज बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

घाइते भएका पैदलयात्रु काठमाण्डौको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।