राजनीति

राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले बुझाए खर्च विवरण 

By खबरहब

March 10, 2023

काठमाडौं– राष्ट्रपति पदका एमाले उम्मेदवार सुवास नेम्वाङले आफ्नो खर्च विवरण बुझाएका छन् । शुक्रबार निर्वाचन आयोगमा बुझाएको उनको खर्च विवरण अनुसार नेम्वाङले राष्ट्रपति निर्वाचनमा १६ हजार ५०० रुपैयाँ खर्च गरेका छन् ।

 जसमध्ये प्रचार प्रसार, छापा एवं विद्युतीय शीर्षकअन्तर्गत मतदाताहरूलाई एसएमएस पठाउँदा १० हजार रुपैयाँ र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको नेम्वाङले उल्लेख छ ।

 नेम्वाङका तर्फबाट उनका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले निर्वाचन अधिकृत महेश शर्मालाई खर्च विवरण बुझाएका हुन् । 

 बिहीबार भएको राष्ट्रपति निर्वाचनमा कांग्रेससहित दलका उम्मेदवार रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।