फाइल फोटो

ब्रेकिङ स्टोरी

एआईजी बढुवाका लागि ५ जनाको नाम सिफारिस 

By खबरहब

March 10, 2023

काठमाडौं– गृहमन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि ५ डीआइजीको नाम सिफारिस गरेको छ । 

गृहमन्त्रालय मातहतको बढुवा समितिको शुक्रबार बसेको बैठकले ५ डीआइजीहरूको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौमा किरण बज्राचार्य रहेका छन् ।

वर्तमान आईजीपी धीरजप्रताप सिंहको कार्यकाल आगामी चैत ९ गते सकिँदैछ । त्यसपछि यिनै मध्येबाट एकजना आईजीपी बन्नेछन् ।