नेकपा (एमाले) अध्यक्ष केपी ओली । फाइल तस्बिर

राजनीति

राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाए : ओली

By खबरहब

March 10, 2023

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेल्नेहरूले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताएका छन् ।

पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिमा फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको कम्युनिष्ट आन्दोलन र पार्टीलाई कमजोर बनाएको बताएका हुन् । ओलीले विधि र प्रक्रिया भन्दै पार्टी फुटाएर प्रतिक्रियावादीलाई बुझाउने दुष्चेष्टा समेत भएको जिकिर गरे  । 

राजनीतिक फउल खेलेपनि वास्तविक सफलता प्राप्त भने गर्न नसकेको उनको भनाइ छ । उनले कुनै पनि क्षेत्रको श्रेष्ठता हासिल बेइमानीले नभई इमानदार अभ्यासबाट हुने धारणा राखे । अध्यक्ष ओलीले खेल र चलखेलमा धेरै फरक रहेको भन्दै एमाले चलखेलमा नभइ खेलमा सहभागी हुने बताए ।

उनले नेपालको खेल क्षेत्रलाई अन्तराष्ट्रिय जगतमा चम्काउनका लागि महासंघले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।