फाइल फोटो

राजनीति

उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

By खबरहब

March 10, 2023

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार विस्तार हुने बताएका छन् ।

शुक्रबार पूर्वीनवलपरासीको डण्डामा प्रेस सेन्टर पूर्वीनवलपरासी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपति निर्वाचनमा एकै ठाउँमा भएका दल सहभागी गराएर सरकार विस्तार तथा पुनर्गठन हुने बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बुटवल–नारायणगढ सडक विस्तारको कामलाई आफूले गम्भीरतापूर्वक लिएको बताए। बुटवल–नारायणगढ सडक विस्तारको निर्माण कार्यलाई कम्पनीले तीव्रता नदिने हो भने तोड्नुको विकल्प नरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । “पटकपटक ताकेता, अनुगमन गरेर निर्देशन गरेका छौँ, काम गर्ने गति नबढाउने हो भने सरकार ठेक्का तोडन बाध्य हुन्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।