क्रिकेट

आईपीएल : हैदराबादसँग पञ्जाब पराजित

By खबरहब

April 10, 2023

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाव किङ्सलाई ८ विकेट पराजित गरेको छ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा मायांक मार्कन्डे र राहुल त्रिपाटी चम्केपछि हैदरवादाले पञ्जावलाई ८ विकेटले हराएको हो ।

पञ्जावको अपराजित यात्रामा ब्रेक लगाउँदै हैदरावादले यस सिजिनको पहिलो जित हात पारेको हो। पञ्जावको हारपछि जारी १६औ संस्करणको आईपीएलमा अब अपराजित टिम बाँकी छैन ।

पञ्जावले दिएको १४४ रनको लक्ष्य हैदराबादले १७ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। टस हारेर ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन बनाएको थियो।

लागातार दुई हारपछि जितको खाता खोल्दै हैदरवादले २ अंक जोडेको छ र आठौं स्थानमा छ । पञ्जावको तीन खेलबाट ४ अंक छ र रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ ।