फाइल तस्वीर

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे सुरु हुने

By खबरहब

April 10, 2023

काठमाडौँ – संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।

संसद भवन नयाँ बानेश्वरमा बैठक १ बजे सुरु हुने भएको छ। संसद् सचिवालयले आजका लागि दुई वटा कार्यसूची मात्र राखेको छ।

जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्ने उल्लेख छ।