देश/प्रदेश

मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बाबु घाइते

By खबरहब

April 10, 2023

सप्तरी– सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका-९ बगाहा टोलकी १० वर्षीया बालिका एञ्जिला बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका हुन् ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् । घाइते बाबुको उपचार भइरहेको छ।

यता इलाका प्रहरी कार्यालय कल्याणपुरले कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेको छ ।