राजनीति

प्रतिनिधिसभा बैठक : सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ

By खबरहब

April 10, 2023

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेका जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् । 

‘विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ’, सभामुख घिमिरेले भने , ‘प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु ।’

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७८्७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरे ।