कञ्चनपुर– कञ्चनपुरमा अवैध लागूऔषध फेनारगन र रेस्कोजेसिस सहित एक जना युवा पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका–३ का रामसिह धामीको साथबाट दुई एम्एलको १० एम्पुल फेनारगन र दुई एम्एलकै रेस्कोजेसिस गरि कुल २० एम्पुल लागूऔषध फेला पारि प्रहरीले नियन्त्रणमा लिइएको हो ।
धामीविरुद्ध लागूऔषधको मुद्दा चलाई थप अनुसन्धान भइरहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन् ।