राजनीति

एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्याग

By खबरहब

April 10, 2023

काठमाडौं– नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार वक्तव्य सार्वजनिक गर्दै खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

इमानदार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन्। सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् ।

खरेल एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट नेता पनि हुन् । 

‘नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरू आजदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दैछौँ’ वक्तव्यमा उल्लेख छ ।