काठमाडौं– त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका क्याम्पससँग स्पष्टीकरण मागेको छ ।
उपकुलपति कार्यालयको योजना निर्देशनालयले एक सूचना जारी गर्दै विभिन्न संकाय तथा संस्थानहरुको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरू सञ्चालन गरेका क्याम्पस, कलेजहरूमध्ये कतिपयले हालसम्म पनि नवीकरण नगरेको पाइएकाले किन खारेज नगर्ने भनी वैशाख मसान्तभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
एक हजार ६० सम्बन्धन प्राप्त कलेजमध्ये २७ चैतसम्म व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त ८१८ वटाले नवीकरण गर्न बाकी छ ।