ब्रेकिङ स्टोरी

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन राप्रपाको माग

By खबरहब

May 10, 2023

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जोगाउने काम नगर्न सरकारलाई खबरदारी गरेका छन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकको सुरुमै आकस्मिक समय लिएर उनले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर अपराध रहेको भन्दै सदनलाई जानकारी गराउन सरकारको नाममा रुलिङको माग गरे ।

तर सभामुख देवराज घिमिरेले रुलिङ गरेका छैनन्। आजको पहिलो बैठकमा सभामुखले राप्रपाका सांसदलाई बोल्न समय नदिए पछि अवरोध भएको थियो ।