ब्रेकिङ स्टोरी

सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल जारी

By खबरहब

May 10, 2023

काठमाडौं– सिंहदरवारमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ । 

 सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् ।

नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरु भएको हो । 

 नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका निवर्तमान गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै राजनीतिक तरंग सुरु भएको छ । 

आजै सोही आरोप लागेका पूर्व मन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई निलम्बनमा परेका छन । उनी भने फरार रहेका छन् ।