फाइल फोटो

ब्रेकिङ स्टोरी

बिरामी बिदा माग्दै संसद् सचिवालयमा रायमाझीले पठाए पत्र

By खबरहब

May 10, 2023

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भइसकेका एमाले सचिव टोपबहादुर रायमाझीले बिरामी बिदा माग्दै संघीय संसद् सचिवालयमा पत्र पठाएका छन् ।

उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएको संसद् सचिवालय स्रोतले जनाएको छ । पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार छन् ।

उनलाई नेकपा एमालेले पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ । उनलाई सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न पनि भनेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन समेत गरिएको छ।