फाइल फोटो

ब्रेकिङ स्टोरी

बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

By खबरहब

May 10, 2023

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । 

जिल्ला अदालत काठमाडौँले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँणमाथिको थप अनुसन्धान अघि बढाइनेछ । 

प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।

नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।