सांकेतिक तस्बिर

देश/प्रदेश

चितवन मेडिकल कलेजकी छात्रा मृत फेला

By खबरहब

May 10, 2023

चितवन– चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापा मृत फेला परेकी छिन् । उनी आफ्नै कोठाको सिलिङ पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनी कोठामा गएर झुण्डिएको हुनसक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकले आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् ।

यद्यपि उनको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको छ ।

पाल्पा रामपुर स्थायी ठेगाना भइ पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् ।

विद्यार्थीहरूले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।