फाइल फोटो

ब्रेकिङ स्टोरी

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

By खबरहब

June 10, 2023

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभिन्न समिति र सङ्गठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने छ ।

यसअघि यही जेठ २२ गते जसपाले विधान अधिवेशनलाई सफल बनाउन केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरेको थियो । पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाको संयोजकत्वमा १६ सदस्यीय केन्द्रीय प्रचारप्रसार उपसमिति गठन गरिएको हो ।

जसपाले आगामी असार ९ गते विधान अधिवेशन काठमाडौंमा गर्दैछ । विभिन्न कारण देखाउँदै जसपाको विधान अधिवेशन सार्दै आएको छ । यसअघि यही जेठ १ देखि ३ गतेसम्म विधान अधिवेशन गर्ने निर्णय भएकोमा तयारी नपुगेको भन्दै असारलाई सारिएको थियो ।