अन्तर्राष्ट्रिय

बोरिसले कारबाही अघि नै  दिए सांसद पदबाट राजीनामा

By खबरहब

June 10, 2023

लन्डन – संसदलाई गुमराहमा राखेको आरोपमा सजाय पाउने जानकारी पाएपछि पूर्व प्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन्।

तत्कालै लागू हुने गरी जोन्सनले राजीनामा दिए पछि रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुनेछ।

संसदीय छानबिनका बीचमा जोनसन आफ्नो राजनीतिक भविष्यका लागि लडिरहेका छन्।

उनले कोभिड–१९ का सबै नियमहरू पालना गरिएको बताउँदै आए पनि उनीमाथि हाउस अफ कमन्सलाई भ्रमित गरेको आरोप लगाइएको छ।

संसदको विशेषाधिकार समितिले जोनसनले लापरबाही वा जानाजानी संसदलाई गुमराह गरेको प्रमाणित गरेर सांसदबाट निलम्बन गर्न सिफारिस गर्ने  तयारी गरेको थियो।

‘समितिका धेरैजसो सदस्यहरू मलाई संसदबाट हटाउन म विरुद्ध कारबाही गर्न कटिबद्ध छन् भनेर विशेषाधिकार समितिबाट पत्र प्राप्त भएको छ,’ उनले भने, ‘विशेष गरी अध्यक्षले प्रमाण बिना मेरो दोषको बारेमा गहिरो पक्षपातपूर्ण टिप्पणी गरिसकेका छन्।’

प्रीमियरशिप डाउनिंग स्ट्रीट कार्यालय तथा निवासमा कोभिड–१९ को मापदण्ड तोडेर पार्टी गरेको अभियोग उनीमाथि लाग्दै आएको छ। उनले कोभिड–१९ का नियमहरु तोडेर पार्टी गरे पछि बेलायतभरी आलोचना भएको थियो।