टिप्स

केमिकल हालेको लिची कसरी थाहा पाउने? 

By खबरहब

June 10, 2023

काठमाडौँ – यो लिचीको सिजन भएकाले बजारमा छ्याप छ्याप्ती पाइन्छ। यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ।

अहिले बजारमा केमिकल हालेका लिची पनि उत्तिकै पाइन्छ।  तपाईँले खाइरहनु भएको लिची केमिकल हालेर पकाइएको त छैन ?

त्यसैले लिची खानु भन्दा पहिलो एक पटक त्यसको जाँच गर्नुहोस् कि त्यो लिचीमा केमिकल हालिएको छ कि छैन। जसले तपाईँको स्वास्थ्यमा खराब गरिरहेको हुन्छ।

यदि निकै सफा लिची छ भने मान्नुहोस्, त्यसमा केमिकल हालिएको छ।

आकारमा ठुलो पनि छ भने त्यस्तो लिचीमा पनि केमिकल मिसाइएको छ।

लिची खरिद गर्नु वा खानु भन्दा पहिलो एक पटक सुँघ्नुहोस, यदि गन्हाएको छ भने पनि लिची खराब छ भन्ने थाहा पाउनुहोस्।