मनोरञ्जन

ट्रान्सजेन्डर बन्न ६ महिना लागेको थियो नवाजुद्दिनलाई

By खबरहब

June 10, 2023

मुम्बई– अभिनेता नवाजुद्दिन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो ।

नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन । यतिबेला नवाजुद्दिन अर्को फिल्म ‘हड्डी’ लाई लिएर चर्चामा छन् ।

फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन् । फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ महिना समय लागेको थियो । ‘यो समय नवाजुद्दीनका लागि निकै गाह्रो थियो, किनकी सारी लगाउनमा उनलाई ३० मिनेट र पुरा लुक्स तयार पार्न ३ घण्टा लाग्थ्यो’, उनले भनेकी छन् ।

नवाजुद्दिनले फिल्मका लागि करिब ८० सारीको प्रयोग गरेका थिए ।  ‘नवाजुद्दीनले पहिलोपटक आफूलाई ट्रान्सजेन्डर लुक्समा देख्दा निकै खुशी भएका थिए । किनकी उनले आफूलाई अहिलेसम्म यस्तो लुक्समा देखेका थिएनन् । उनले आफूलाई चरित्रको नजिक महसुस गरेका थिए’, उनले भनेकी छन् ।

राधिकाले नवाजुद्दिनको लुक्स बनाउने प्रोस्थेटिक्सको पनि प्रयोग गरिएको खुलाइन् । फिल्म जूनको अन्त्यमा रिलिज हुनेछ ।