राजनीति

आम जनता पार्टीका दुई संगठनबीच एकता

By खबरहब

June 10, 2023

काठमाडौँ– प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का दुई भातृ संगठनबीच एकता भएको छ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडेरेशन र आम ट्रेड युनियन महासंघबीच एकता भएको अध्यक्ष साहले बताए । 

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।