प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

नहरमा डुबेर एक युवकको मृत्यु

By खबरहब

June 10, 2023

धनगढी– कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ गोबरियाका ३५ वर्षीय भुवनराज भट्टको शुक्रबार साँझ नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नहरमा पानी लगाउन भन्दै घरबाट गएका भट्ट अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भट्टलाई नहरमै पानीमा डुबेको अवस्थामा मृत भेटेको हो ।