सांकेतिक तस्बिर

देश/प्रदेश

बलात्कारको आरोपमा एकजना पक्राउ

By खबरहब

July 10, 2023

झापा– १७ वर्षीया किशोरीलाई जबजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोक बस्ने ३१ वर्षीय धन कुमार लिम्बूलाई प्रहरीले पकराउ गरेको छ ।

लिम्बूले ती बालिकालाई २०७९ फागुन ७ गते निजकै घर पछाडी बासघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।