ब्रेकिङ स्टोरी

तीन शीर्ष नेताको बैठक सकियो

By खबरहब

July 10, 2023

काठमाडौँ- संसदको अवरोध खुलाउने विषयमा तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

संसदको अवरोध खुलाउने विषयमा सिंहदरबारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएपछि प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ ।

बैठकमा सहभागी एमाले अध्यक्ष ओलीले बैठकमा भएका सहमती संसदमा थाहा हुने प्रतिक्रिया दिएका छन् । संसद बैठक ३ बजेका लागि डाकिएको छ ।