ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने

By खबरहब

July 10, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । सिंहदरबारमा बसेको तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकपछि प्रधानमन्त्री प्रचण्डले आफूले संसदमा सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ ।

सिंहदरबारमा सोमबार दिउँसो प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको हो ।

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओली सहमतिबारे सदनमै थाहा हुने प्रतिक्रिया दिए ।