देश/प्रदेश

बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

July 10, 2023

काठमाडौँ- बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बैतडीको मेलौली नगरपालिका ७ स्वाखानीमा यात्रुवाहक बस दुर्घटना भएको हो ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस दुर्घटना हुँदा अरु ३९ जना घाइते भएका छन् ।