फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्रीले सम्बोधन गर्ने

By खबरहब

July 10, 2023

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो । सोमबार दिउँसो ३ बजे सुरु हुने भनिएको बैठक केही ढिलागरी सुरु भएको हो ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएपछि प्रचण्डको राजीनामा माग गर्दै प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

सोमबार दिउँसो नै तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा संसदको गतिरोध अन्त्य गरी प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने सहमति भएको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।