ब्रेकिङ स्टोरी

संसदमा भावुक प्रचण्ड

By खबरहब

July 10, 2023

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा भावुक भएका छन् । आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिन संसदमा सम्बोधन गरिरहेका उनले आफ्नी छोरी ज्ञानु दाहाल र छोरा प्रकाश दाहालको सम्झना गर्दै भावुक भएका हुन् ।

उनले सरदार प्रीतम सिंहले आफ्नी छोरी ज्ञानु दाहाल बिरामी हुँदा सहयोग गरेको उनले बताए ।

उनले सम्बोधनका क्रममा आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिने मौका संसदमा नदिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफू सुरुदेखि नै जवाफ दिने चाहेको भए पनि मौका नदिएको गुनासो गरे ।

‘मलाई प्रष्टीकरणको मौकासमेत दिइएन,’ उनले प्रश्न गरे, ‘मेरो राजीनामा मागियो । किन तीन दिन संसद अवरुद्ध गरियो ?’

विपक्षी दलले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो ? भन्दै उनले प्रश्न गरे । अहिले प्रधानमन्त्री प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्ट्याइरहेका छन् ।