राजनीति

नेविसंघका असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने

By खबरहब

August 10, 2023

काठमाडौँ– नेपाल विद्यार्थी संघको असन्तुष्ट समूहले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराउ गर्ने भएका छन् ।

नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरे पछि असन्तुष्ट समूहले हिजो ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउको प्रयाससहित नाराबाजी गरेका थिए । तर, उनीहरूलाई सानेपास्थित कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराउ गर्न लागेका हुन् ।

नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले धुम्बाराहीस्थित देउवा निवासमा घर घेराउ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुनर्विचार गर्न दबाब दिइने बताए ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् । उनले गरेको सो मनोयनमा स्वयं रावल पनि अटाएका छैनन् ।