खेलकुद

रोनाल्डोको गोलमा अल नासिर क्लब अरब क्लब च्याम्पियनसिपको फाइनलमा 

By खबरहब

August 10, 2023

काठमाडौँ– कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलको सहयोगमा साउदी क्लब अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० गोले हराउँदै अल नासर उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । 

खेलको ७५औँ मिनेटमा अल नासरले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । त्यसलाई कप्तान रोनाल्डोले उपयोग गर्दै गोल गरेपछि फाइनलको यात्रा तय भएको हो ।

साडियो मानेलाई इराकी क्लबका फैसल जसीम नफिल अल मनाले फल गरेपछि अल नासिरले पेनाल्टी पाएको थियो ।

अब अल नासिरले शनिबार साउदीकै अल हिलालसँग उपाधिका लागि खेल्नेछ ।