फाइल फोटो

राजनीति

कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै

By खबरहब

August 10, 2023

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमिति बैठक बोलाएका छन् ।

उनले आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङलाई बोलाइएको छ ।

यस्तै, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको छ ।

बैठकमा संसदमा प्रमुख विपक्षी दल एमालेले गर्दै आएको गतिरोध, सासामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

एक क्विन्टल सुन प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्दैै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।