फाइल फोटो

राजनीति

समयपरिस्थीति अनुसार चलन नसके कांग्रेसलाई गाह्रो पर्छ : नेता सिंह

By खबरहब

August 10, 2023

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं प्रदेश १ ख र वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले कांग्रेस पुरानो पार्टी भएकाले इतिहासको मात्रै कुरा गरेर नपुग्ने भन्दै समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका हुन् । 

उनले जनताको गुमेको अधिकार फिर्ता ल्याएर कांग्रेसले परिवर्तनको नेतृत्व गरेकाले पार्टी गरेका कामलाई जनताले अनुभूति हुने गरि प्रचार प्रसार गर्नुपर्ने धारणा राखे ।

नेता सिंहले कांग्रेसका गतिविधि निकै खर्चिलो हुन थालेको भन्दै यसमा पनि सुधार गर्नुपर्ने बताए । पार्टीभित्र एक अर्कालाई दोष लगाएर कोही पनि बलियो हुन नसक्ने भन्दै उनले पार्टीभित्रको बिमतिलाई औपचारिक तथा अनौपचारिक बैठकमा छलफल गर्नुपर्ने जिकिर गरे ।

नेता सिंहले पार्टी नेता तथा कार्यकर्ताहरूका विधिपद्धती अनुसार हिँड्नुपर्ने र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने बताए ।