ब्रेकिङ स्टोरी

काठमाडौं महानगर र कपनका स्थानीयबीच झडप

By खबरहब

August 10, 2023

काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् । 

नगर प्रहरीका डीएसपी मीनबहादुर थापाका अनुसार बूढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले घर नजिकैको खोला मिचेर बनाएको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको हो। 

स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिकाका स्थानीयले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् ।