तस्विर- रोयटर्स

अन्तर्राष्ट्रिय

हवाई टापुको जंगलमा डढेलो, छत्तीस जनाको मृत्यु

By खबरहब

August 10, 2023

हनोलुलु– हवाई टापुको माउई जंगलमाा लागेको डढेलोमा परी ३६  जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

 डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ । 

एघार हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ । धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन भने भाडा पनि घटाएका छन् ।

तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मेहम्मे परेको छ । आगोबाट हतास भएका केहीले समुद्रमा हामफाल्ने प्रयास गरेका थिए । 

राष्ट्रपति जो बाइडेनले संघीय सरकारसँग उपलब्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिएका छन् ।